दफा १२
सदस्यको पद रिक्त हुने अवस्था
समितिमा मनोनीत सदस्यको पद देहायका अवस्थामा रिक्त भएको मानिनेछ ः–
(क) निजले मनोनयन गर्ने निकायसमक्ष आफ्नो पदबाट लिखित राजीनामा दिएमा,
(ख) निजको पदावधि समाप्त भएमा,
(ग) निज साहूको दामासाहीमा परेमा,
(घ) निज कुनै फौज्दारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएमा,
(ङ) निज बिना सूचना लगातार तीनपटकसम्म समितिको बैठकमा अनुपस्थित भएमा,
(च) निजको मृत्यु भएमा ।